• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

वीर अस्पताल डायरी (पाना नं ४) : सलाम सिस्टर रविना, मिस्टर ग्रेन!

64x64
डिबी खड्का शनिबार, साउन २७, २०८०  ०७:१८
1140x725

लेख्दै जाँदा लागिरहेको छ- वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान)को 'वीरगाथा' हजार जिब्रा भएका शेषनागले समेत भनेर नभ्याउने जति रहेछ! डायरी छापिन थालेपछि त्यही अस्पतालका अन्य विभिन्न विभागमा आफूलाई ठगिएको महशुस गरेका थुप्रै बिरामी र तिनका आफन्तले गुनासो पोखेका छन्। वीर र ट्रमा सेन्टरका अप्रेशन थिएटर बाहिर सहज पहुँच पाउने दलाल र कतिपय चिकित्सकले नै टिपाउने नम्बरलाई लिएर 'स्टिङ अप्रेसन' गर्नैपर्ने त्यहाँस्थित कर्मचारीको अनुरोध छ।

वीर अस्पताल वरीपरी नै पाइने महंगो औषधिका लागि समेत दरबारमार्गतिर भेटिने दलालकहाँ पठाउने चिकित्सकको नाम टिपाइएका छन्। वीर अस्पतालमा 'भनसुन'का आधारमा पाइने 'भीआइपी' सेवा र अप्ठ्याराका फेहरिस्त बताउनेहरु प्रशस्त भेटिन थालेका छन्। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,  धरानको बीपी प्रतिष्ठान, कैलालीको सेती अस्पताललगायतबाट समेत फोन आइरहेका छन्। त्यहाँको हालबारे समेत उजागर गर्न अनुरोध भइरहेका छन्। 

अस्पताल सेवाका लागि खुलेका हुन्। सरकारी अस्पताल त अझ आर्थिक रुपमा विपन्नहरुको भरोसाका केन्द्र हुन्। जीवनभर दु:खजिलो गरेर कमाउँदै पटुकीमा गाँठो पारेर सञ्चय गरेको पैसासमेत असुल्न खोज्‍नेहरुको नियत सम्झिदा सवैको मनमा गाँठो पर्छ। त्यही गाँठो मैले यसअघि शब्दमार्फत् फुकाएँ। वीरलाई अझै राम्रो बनाउने योजना बनाइरहेका नेतृत्व तहलाई आफ्नो प्रणालीमा आफैंले नदेखेका कमजोरी अवगत भयो होला। आगामी दिनमा सुध्रिने अपेक्षा छ। 

सुधारका लागि उठेको एउटा औंलो पूरै हात होइन। चार ‍औंला रहेको अरु हत्केलो बाँकी नै छ। दूरदराजबाट आउने बिरामीका लागि नि:शुल्क बेड मात्रै होइन,  खाना समेत दिएर उपचार गरिरहेको अस्पताल प्रशंसाका लागि पनि उत्तिकै लायक छ। केहीलाई छाड्ने हो भने त्यहाँ धेरै त्यस्ता डाक्टर छन्,  जसले वर्षौंदेखि मयल कट्कटिएर कठालो चम्किरहेको कोटको गोजी भित्रबाट निस्किने सफा नोटको महत्व बुझेका छन्। केही त्यस्ता नर्स छन्, जो 'फ्लोरेन्स नाइटिङ्गेल'को जीवनीबाट प्रभावित छन्। यिनीहरुकै कारण वीर अस्पताल शहरको बीचमा अझै चौडा छातिसहित उपस्थित छ। 

उनीहरुकै इमान्दारिता, सेवाभाव र लगनशीलनता निरन्तरका कारण वीर (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समेत) को हाकिम हुन साम, दाम, दण्डभेद लगाउनेहरुको लाइन लाग्छ। अरुबेला वास्ता नगर्ने शितलनिवास, बालुवाटार र रामशाहपथ नियुक्तिका समयमा असाध्यै सक्रिय बन्छन्। 

नेतृत्व गर्नेका लागि मात्रै होइन, जागिर खानेहरुका लागि पनि वीर आकर्षक थलो हो। म अस्पताल रहेका बेला भेट्न आइपुगेका मित्र बुद्धि कट्टेलको यस विषयमा सटिक टिप्पणी थियो- यो बिरामीका लागि होइन, डाक्टरका लागि आकर्षक अस्पताल बन्दै गइरहेको छ!  यहाँ (न्याम्स : वीर र ट्रमा) 'सेवा' गर्न नपाउँदा 'झुन्डिएर मर्न तयार' डाक्टर छन्, यहीँ सेवा नपाएर मर्ने बिरामीहरु पनि छन्। अवस्था बडो विरोधाभाष छ। 

यति हुँदाहुँदै पनि यहाँ केही त्यस्ता डाक्टर र नर्स छन्, जसले सेवाको अर्थ बुझेका छन्। वीर अस्पतालका बाध्यता महशुस गरेका छन्। बिरामीका शरीरको मात्रै होइन, मनको घाउको गहिराइ नापेका छन्। तिनैमध्ये एउटा हुन्, नर्स रविना थापा। हामी अस्पतालमा बसिरहँदा फिमेल मेडिकल वार्डमा उनको ड्युटी थियो।  उनी ड्युटीमा आउँदा बिरामी र कुरुवा दुवैको अनुहार उज्यालिन्थ्यो। बिरामीलाई सकेसम्म सहजीकरण गर्नेदेखि लिएर मुस्कुराएर गर्ने उनको काउन्सिलिङका वार्डभरी 'फ्यान' भेटिन्थे। उनको ड्युटीको समयमा कुरुवाहरु 'निर्धक्क' महशुस गर्थे। 

किनभने केही पर्दा बोलाउन गएमा उनी 'आइहालें' भन्थिन्। आफू र आफ्नो टिमबाट सकेसम्म द्रूत सेवाका लागि उनको प्रयास हुन्थ्यो। बिरामीको अवस्थाबाट आत्तिएर जतिपल्ट 'नर्सिङ स्टेसन'को झ्यालमा चिहाएपनि उनले 'झर्कोफर्को' गर्न जानिनन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा मैले अन्य बिरामी कुरुवाबाट उनीबारे सुनें। उनको ड्युटी सुरु भएपछि छिमेकी कुरुवाले भने,  'रविना सिस्टर आउनुभयो। अब ढुक्क भयो।'  पछि आफूले पनि महशुस गरें। उनले नर्सिङ मनैदेखि रोजेको जस्तो व्यवहार देखिन्थ्यो। एचए पढिरहेकी एउटाले बिरामीलाई औषधि दिने क्रममा उनले सोधिन्,  'तपाईंलाई नर्सिङ पढ्न मन लागेन?' म नजिकै बसिरहेको थिएँ। संवाद प्रष्टै सुनिरहेको थिएँ। बिरामीले पहिले सिएमए पढेका कारण एचए रोजेको उत्तर दिइन्। मलाई लागिरह्यो- रविना सिस्टर जस्तै नर्सहरु प्रत्येक अस्पतालमा भेटिने हो भने हरेक आमाबुवाले छोरीलाई नर्स बनाउन चाहन्छ। हरेक दाजु बहिनी नर्स भएको हेर्न चाहन्छ!  उनीहरुको संवाद भन्दा वरै रहेको मैले बोली मिसाउन सकिनँ। 

वीर अस्पताल बसाइका पाँच दिनलाई सहज बनाइदिने 'सिस्टर रविना' जस्तै अर्को पात्र थिए, 'मिस्टर ग्रेन डंगोल।' जो श्रीमतीको कलेजोको समस्याका कारण त्यही वार्डमा भर्ना गरेर उपचार गराइरहेका थिए। रोगको प्रष्ट निदान अझै भइनसकेको अवस्थामा उनीसँग तनावको चाङ थियो। वार्डमा उनको सक्रियता हेर्दा लाग्थ्यो- अन्य बिरामीको उपचारका लागि खटाइएका व्यक्ति हुन्। आफ्नो तनाव तपसिलमा राखेर उनी अन्य बिरामीको सहयोगका लागि हरदम तयार भइहाल्थे। 

आफ्नो बेड वरपरका बिरामीका आफन्तलाई उनी भन्थे- 'तपाईंहरु आराम गर्नुहोस्। म हेर्छु। केही परे उठाउँला।' 

उनी रिपोर्ट लिनेदेखि बिरामीलाई खाने खुवाउने काममा समेत अरुलाई सहयोग गर्न अघि बढिहाल्थे। कोही नयाँ भर्ना भएर आउँदा वार्डमा रहेको प्रक्रियासँग उनी सहजीकरण गरिदिन्थे। आफ्नै व्यथाले ओछ्यानमा लम्पसार बिरामीलाई हसाउन उनी हरदम प्रयास गरिरहन्थे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दिनभर बिरामी हेरचाहको खटाइपछि आफू वरीपरिका ६ बेडका कुरुवाका लागि उनले बेलुका तयार गर्थे, स्पशेल कफी। उनको त्यही स्वभावले हामी बसेको वार्ड अस्पताल जस्तो पटक्कै लागेन। एउटा गाउँजस्तो महशुस भयो! पाँच दिनको अस्पताल बसाइँ पट्यारलाग्दो पनि बनेन।

हामी डिस्चार्ज हुने दिन उनी खुशी थिए। हाम्रो बिरामी घर फर्किदा उनलाई आफ्नै मान्छे निको भएजस्तो महशुस भइरहेको थियो। हाम्रो झिनीगुन्टा बोकेर उनी सडकसम्मै छाड्न आए र फोन नम्बर दिँदै भने- केही पर्दा सम्झिनु। उनको व्यवहारले केही पर्दा होइन, नपर्दा झन् बढी सम्झिने बनाइसकेको थियो। 

र, वीर अस्पताल डायरी यहीँ टुंगिन्छ- सलाम सिस्टर रविना, मिस्टर ग्रेन!

यो पनि पढ्नुहोस्

वीर अस्पताल डायरी (पाना नं १): ल्याबबाट सिधै दलालको फोन नम्बर लेखेर 'ठगिन पठाइन्छ' बिरामी

वीर अस्पताल डायरी (पाना नं २) : सद्दे उपकरण कुन छ? 'प्राइम टाइम'मै डाउन हुन्छ फार्मेसीको सर्भर!

वीर अस्पताल डायरी (पाना नं ३) : वीरकै कर्मचारीले नबुझेको 'सिस्टम' र त्यही 'सिस्टम'ले गरेको एउटा 'हत्या'

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्