काठमाडौं– नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मा थुनामुक्त भएका छन्।
जिल्ला अदालतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न र थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको हिरासतमा रहेका सांसद शर्मा शुक्रबार साँझ रिहा भएका हुन्।
थुनामुक्त भएपछि सांसद शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। गृहमन्त्रीले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनीसमेत उनले दिएका छन्।
संसद्मा सुन तस्करी प्रकरणका संरक्षकहरुलाई कारबाही गर्नुपर्ने आवाज उठाएकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा आफूलाई पक्राउ गरेको उनको भनाइ छ।
साथै पार्टीलाई गठबन्धनबारे पुनर्विचार गर्न पनि उनले आग्रह गरेका छन्। नत्र पार्टी नै सकिने चेतावनी नेतृत्वलाई उनले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।