काठमाडौं– काठमाडौं महानगरपालिका र बुढानिकलकण्ठ नगरपालिकाबीचको सीमा विवादबारे सहमति भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौं महानगरपालिका वडा नम्बर ६ र ७ को सीमा एकिन गरी नापनक्सा गर्ने विषयमा सहमति भएको हो।
धोबीखोलादेखि साततल्लेसम्मको बुढानिकलकण्ठ नगरपालिका १० र काठमाडौं महानगरपालिका भागमा नापजाँच भई वाल लगाई सकिएको हुँदा उक्त भागको सतहमा रहेको पुरानो ७ नम्बर वडाको सीमा खहरे खोलामा राखिएको ह्यूम पाइप निकाल्नुका साथै आवागमन गर्ने स्थान १ धोबीखोला करिडोर, २ पाथीभरा बस्ती ३ समता टोल जाने बाटो ४ साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरपालिकाले बेलिब्रिज निर्माण गर्ने सहमति भएको छ।
त्यसैगरी साततल्ले चोकदेखि माथि बुढानिलकण्ठ नगरपालिका १०, १२ र कामनपा ६ मा दुवैतर्फको नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी महानगरको सीमाना र खहरे भाग रेखांकन गरी छुट्याउने सहमति भएको छ। सहमतिपश्चात काठमाडौं महानगरपालिकाले दुईवटा डोजर परिचालन धोबी खोला उत्खन्न गरिरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।