काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। थापाले शुक्रबार जसपाकी सांसद निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका छन्।
साउन १६ गते मुख्यमन्त्री भएका थापा मन्त्रिपरिषद्मा ४ जनामन्त्री नियुक्त गरेका छन्। यसअघि साउन १७ गते शपथ लिँदा थापाले अर्थमन्त्रीमा मोआवादीका बाबुराम गौतम, कांग्रेसकै प्रदीप सुनुवार खानेपानी मन्त्री, एकीकृत समाजवादीका कमल जवेगुलाई भौतिक मन्त्री नियुक्त गरेका थिए।
थापाले माओवादी केन्द्र, एस, र जसपाका समर्थनमा सत्तारोहण गरेका हुन्। एक मात्र सांसद रहेको जसपा बहुमतका लागि आवश्यक ४७ सांसदको लागि निर्णायाक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।