काठमाडौं– नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ परेका आफ्ना सांसद सुनिल शर्माको बचाउ गरेका छन्।
बैठकपछि उक्त दलका सचेतक रमेश लेखकका अनुसार यो विषय अत्यन्त आपत्तिजनक रहेको बताएका छन्। सांसद लेखकले यस विषयमा कांग्रेसले आइतबार बस्ने बैठकले ठोस निर्णय गर्ने बताएका छन्।
‘यो विषय अत्यन्तै आपत्तिजनक, गम्भीर भनेर विषय उठेको छ। यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं। त्यहीअनुसार अध्ययन गर्छौं र पर्सी बस्ने बैठकले यसका बारेमा निर्णय गर्छौं,’ सांसद लेखकले भने।
शुक्रबार सुरु भएको कांग्रेस संसदीय दलको बैठक आइतबार सकिने सांसद लेखकले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।