काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ।
आयोगका उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो।
भेटमा नेपाल प्रतिनिधि लाबेले आयोगले बनाउँदै गरेको १६औं योजनाको बारेमा चासो राख्दै १६औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताएकी छिन्।
आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताए।
१६औं योजना यस अघिकोभन्दा फरक हुने बताउँदै उपाध्यक्ष श्रेष्ठले १६ औं योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।