काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐनको विधेयकमा डुप्लिकेशन (नक्कल) भएको पाइएको भन्दै संसद्मा पठाउने भनिएको विधेयक रोकेर सच्याउने काम भइरहेको बताएका छन्।
शुक्रबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालय सम्हालेको १०० दिन पुरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाती थियो। त्यसलाई अन्तिम रुप दिइँदै छ। मैले अस्तिको दिनमा मात्रै शिक्षा ऐनलाई क्याभिनेटबाट पारित गर्ने दिनमा त्यसको ओरिजनल शिक्षा ऐनको ठाउँमा डुप्लिकेसन गर्ने आएको देखेपछि त्यसलाई रोकेर, त्यसलाई सच्याएर आएपछि मात्रै सदनमा पेस गर्ने भनेर त्यसलाई सच्याउने प्रक्रिया सुरु भएको छ।’
संघीय शिक्षा ऐन संसद्मा दर्ता नहुँदै त्यसमा भएका प्रावधानबारे निजी विद्यालय सञ्चालकहरुले आपत्ति जनाउँदै बिहीबार माइतीघर मण्डलामा प्रदर्शन समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।