जसपाकी प्रदेश सांसद निर्मला तावा लिम्बू (फाइल तस्बिर) काठमाडौं– १ मात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। यसअघि प्रदेशको नामाकरण पहिचानको आधारमा हुने कुरामा मुख्यमन्त्री उद्धव थापाको प्रतिबद्धता खोजेको जसपाले थापाको प्रतिबद्धता आउने भएपछि सरकारका सहभागिता जनाउने भएको जसपा कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले बताए।
मुख्यमन्त्री थापाले प्रदेशको नामाकरण पहिचानको आधारमा हुने र त्यसका लागि प्रतिपक्षीदलहरुसँग पनि छलफल गर्ने सहितको प्रतिबद्धता सार्वजनिक गर्ने भएपछि आफूहरु सरकारमा जान लागेको याक्खाले बताए।
जसपाको तर्फबाट यो प्रदेशमा निर्मला तावा लिम्बू सांसद छिन्। उनलाई थापाले स्वास्थ्य मन्त्रीमा सपथ खुवाउने छन्। लिम्बू यसअघि नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री नै थिइन्।
बहुमतको लागि आवश्यक ४७ सांसद मात्र जुटाएर मुख्यमन्त्री भएका थापाले आफ्नो सरकार सुरक्षित गर्न लिम्बूलाई मन्त्री बनाउन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।