काठमाडौं- सत्ता-गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जसपाले धारणा सार्वजनिक गर्न लागेको हो।
गौर हत्याकाण्डका पीडितहरु आन्दोलनमा उत्रिएपछि सरकारले घटना छानबिन गर्ने सम्झौता गरेको थियो। सरकारले पीडितसँग हत्याकाण्डको छानबिन गर्ने सम्झौता गरेपछि जसपा उक्त घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उक्त घटना छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्धता जनाएपछि मुख्यतः जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चासो ब्यक्त गरेका थिए ।
१७ बर्षअघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालीन नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।