काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउको जानकारी सभामुख देवराज घिमिरेलाई दिइएको छ।
बिहीबार दिउँसो सीआईको टोलीले सांसद शर्मालाई पक्राउ गरेको थियो। उनलाई नक्कली प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको बताइएको छ। सांसद शर्मा पक्राउ परेको जानकारी सीआईबीले सभामुख घिमिरेलाई दिएको हो।
नेपालको संविधानको धारा १०३ ९६० मा कुनै सांसदलाई पक्राउ गरिएपछि त्यसको जानकारी तत्काल सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई दिनुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार सभामुख घिमिरेलाई जानकारी पत्र पठाइएको हो।
सांसद शर्मा मोरङ- ३ बाट निर्वाचित सांसद हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।