काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्।
उनी केही समयअघि मात्रै त्यहाँ पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। प्रचण्डले सरकारका कामकाज, संसद अधिवेशन, ललिता निवास प्रकरण, सय किलो सुन प्रकरण आदिबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नेछन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिरहेको छ।
संसदको बजेट अधिवेशन चल्न नसकेको अवस्थामा यसको अन्त्यबारे पनि राष्ट्रपति पौडेलसँग छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।