काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको दावी गरेका छन्।
उनलाई सीआईबीले बिहीबार गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको हो।
सीआइबीको नियन्त्रणमा रहेका उनले भने, 'मैले यहीँ कस्टडीबाट पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेको छु। बाहिर निस्किनेबित्तिकै अनसन बस्छु।'
उनले आफूलाई अहिलेसम्म पक्राउ पुर्जी समेत नदिइएको दाबी गरे। शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दा चाँडो अदालत लगिओस् भन्ने माग उनले गरेका छन्। अदालतको निर्णय मान्ने बताउँदै उनले भने, 'यो अदालतको विषय हो। अदालतको निर्णय मान्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।