• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ललिता निवास प्रकरण : कसरी हुँदैछ दुई पूर्वप्रधानमन्त्रीमाथिको अनुसन्धान ?

मन्त्रिपरिषद्को निर्णयमाथि अनुसन्धान गर्न सीआईबीलाई हेडक्वाटरको पत्र
64x64
नारायण अधिकारी बुधबार, साउन २४, २०८०  २०:३४
1140x725

काठमाडौं– सर्वोच्च अदालतको आइतबारको फैसलापछि ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खुलेको छ। 

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजालसले नीतिगत निर्णय पनि छानबिनमा आउनुपर्ने भन्दै फैसला गरेको थियो। योसँगै बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु भट्टराई र नेपालमाथि अनुसन्धान अघि बढेको छ।

चार चरणमा गरेर हत्याइएको १४३ रोपनी जग्गाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जना डीएसपीको कमाण्डमा अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ। सीआईबीले अहिलेसम्म पक्राउ परेकाहरुको बयान गराइसकेको छ भने पक्राउ पूर्जी जारी भएकाहरुको हकमा खोजतलास गरिरहेको छ। सर्वोच्चका आदेशपछि नीतिगत निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान अघि बढाउने तयारीमा सीआईबी छ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको आरोप छ। त्यस्तै बाबराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। 

त्यस्तै मन्त्रिपरिषदको निर्णय प्रमाणित गर्ने तत्कालीन मुख्य सचिवहरु माधवप्रसाद घिमिरे र लीलामणि पौडेल पनि अनुसन्धानको दायरामा पर्ने भएका छन्। घिमिरेको सवारी दुर्घटनामा निधन भइसकेको छ।

मन्त्रिपरिषद्को निर्णयमाथि अनुसन्धान गर्न सीआईबीलाई हेडक्वाटरको पत्र
सर्वोच्चको उक्त आदेशपछि प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर र महान्यायाधिवक्ता दिनमणि पोखरेलबीच छलफल समेत भएको थियो। उक्त छलफल सर्वोच्चको फैसलापछिको अनुसन्धानको विषयलाई लिएर भएको महान्यायाधिवक्ता पोखरेलले नेपाल लाइभसँग बताएका छन्। 

छलफलको क्रममा आफूले सर्वोच्चको फैसलापछि अनुसन्धानका लागि खुला भएको बाटोसम्म पुग्न प्रहरी नेतृत्वलाई सुझाएको महान्यायाधिवक्ता पोखरेलले बताए। ‘अनुसन्धानका लागि यो, ऊ भन्ने भन्दा पनि जहाँसम्म पुग्नुपर्ने हो त्यहीसम्म पुग्न र आवश्यक परे पूर्वप्रधानमन्त्रीहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन भनिएको छ,’ महान्यायाधिवक्ता पोखरेलले नेपाल लाइभसँग भने।

सर्वोच्चको आदेश र महान्यायाधीवक्ताको उक्त सुझावपछि प्रहरी नेतृत्वले सीआईबीलाई पत्र पठाउँदै मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न निर्देशन दिएको हेडक्वाटर स्रोतले नेपाल लाइभलाई बतायो। हेडक्वाटरको पत्रपछि सीआईबीले यो प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने गरी तयारी समेत थालेको छ। 

Ncell 2
Ncell 2

बोलाएर बयान गराउने तयारी
नीतिगत निर्णयमाथि अनुसन्धानका लागि बाटो खुला भएपछि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाल दुवैलाई बोलाएर बयान तथा कागज गराउने तयारी गरेको छ।

उनीहरुको पालामा के–के भयो, त्यतिबेला कसरी सरकारी जग्गा व्यक्तिको नाममा पुग्यो, मन्त्रीपरिषद्ले त्यतिबेला गरेका निर्णयहरुले कसरी बिचौलियाले सरकारी जग्गा हडपेलगायतका विषयमाथि बयान लिने सीआईबीको तयारी छ। 

कोमामा पुगिसेकको ललिता निवासको अनुसन्धानलाई सीआईबीले ब्युँत्याएर यहाँसम्म ल्याएकाले अनुसन्धानलाई थप बृहत बनाइने सीआईबीका एआईजी तथा निर्देशक किरण बज्राचार्यले बताइन्।

‘फाइल खोल्न थालेपछि म्यादको कारण देखाउँदै मुद्दा कोमामा पुगिसकेको भन्ने खबरहरु आएका थिए। तर हामीले सुरु गर्‍यौँ। पक्राउ नगर्न भन्दै लिएको ‘स्टे अर्डर’लाई भ्याकेटमार्फत खारेज गरेर हामीले यहाँसम्म ल्याउँदै मुद्दा स्ट्रङ बनाउँदैछौं। सर्वोच्चको पछिल्लो फैसलाले पनि हामीलाई अनुसन्धानमा थप सहज र बृहत बनाएको छ। सोही अनुसारमा हामी अनुसन्धान अघि बढाउँछौं,’ बज्राचार्यले नेपाल लाइभसँग भनिन्।

बज्राचार्यले पनि घुमाउरो किसिमले मन्त्रिपरिषद्को निर्णयमाथि अनुसन्धान हुने बताइन्। सीआईबी स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीद्वयलाई बोलाएर बयान लिने र प्रतिवादी बन्न सक्ने अवस्था देखिए हिरासतमा नराखी प्रतिवादीका लागि सिफारिस गर्दै फाइल सरकारी वकिल कार्यालय पठाउन सकिने सीआईबीको तयारी छ। यद्यपि, उनीहरु दुवै जनाले भने यो प्रकरणमा आफूहरु दोषी नरहेको बताउँदै आएका छन्। 

थप ३ जना जग्गा फिर्ता गर्न इच्छुक
यो प्रकरणमा अहिलेसम्म न्यायाधीश कुमार रेग्मीले साढे १ आना, एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनले ८ आना जग्गा फिर्ता गरेका छन्। जसकारण उनीहरुलाई प्रतिवादी बनाइएको छैन। 

सीआईबीले अहिले पनि जग्गा फिर्ताका लागि निवेदन दिए उनीहरुलाई मुद्दा नचलाउने बताएको छ। जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएपछि पक्राउ परेकी सिपिका खेतान पनि अहिले हिरासतमुक्त भएकी छिन्। 

सीआईबी स्रोतका अनुसार हाल पक्राउ परेका मध्ये थप ३ जनाले जग्गा फिर्ताको लागि इच्छा देखाएका छन्। जिल्ला फिर्ताका लागि सीआईबीमा तथा मालपोत कार्यालयमा निवेदन दिन सकिने बताइएको छ।

ललिता निवास घोटाला प्रकरणमा संलग्न नभएको तर उक्त जग्गा खरिद गरेको व्यक्तिले अहिले जग्गा फिर्ता गरेको अवस्थामा जो सँग किनेको उविरुद्ध ठगीको मुद्दा हाल्ने बाटो समेत खुल्ला रहेको सीआईबी स्रोतले जनाएको छ। 

ललिता निवास घोटाला प्रकरणमा प्रत्यक्ष संलग्न नभएको तर विभिन्न व्यक्तिमार्फत जग्गा किनबेच गर्दै हाल जसको नाममा जग्गा आएको उनीहरुलाई पनि जग्गा फिर्ता प्रयोजनाका लागि प्रतिवादी बनाइने सीआईबीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावमा भाग लिने कांग्रेसको निर्णय ‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्... शनिबार, मंसिर ६, २०८२
सुशीला कार्कीलाई चुनाव गराउन अधिकार नभएको ओलीको दाबी, पछि हट्नका लागि तयार रहन चेतावनी भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकारलाई जनताले नछानेको भएकाले हट्न तयार रहन चेतावनी दिएका छन्। शनिबार, मंसिर ६, २०८२
संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन भदौ २३ र २४ गतेको आन्दोलनपछि एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौंमा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो। शनिबार, मंसिर ६, २०८२
ताजा समाचारसबै
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित शनिबार, मंसिर ६, २०८२
वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन : प्रवक्ता डा. महत शनिबार, मंसिर ६, २०८२
आदिलको ४८ रनको अविजित पारीमा काठमान्डुले विराटनगरलाई दियो १३५ रनको लक्ष्य शनिबार, मंसिर ६, २०८२
भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाको आन्दोलने नयाँ उर्जा दियो : प्रचण्ड शनिबार, मंसिर ६, २०८२
एनपीएल टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्