काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभई जनताका सेवक हौँ भन्ने भावले काम गर्नुपर्ने बताएका छन्।
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाई तत्काल अन्त्य गर्न निर्देशन दिए ।
'समय तालिका बनाउनूस्, कुन कामलाई कति समय लाग्ने हो, जनताले देख्ने गरी सार्वजनिक जानकारी दिनूस्। सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगीदेखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु पर्यो, तर ढिला सुस्ती गर्न पाइँदैन,' उनले भने।
कामका लागि निवेदन दर्तादेखि मन्त्रीको कार्यकक्षमा पुग्न नै हप्तौँ भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै उनले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने बताए। उनले कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।