काठमाडौं- चिनीको बोरामा अधिकतम् खुद्रा मूल्य नराख्ने २ फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक एक लाख जरिवाना तिराएको छ।
बुधबार विभागले अनुगमनका क्रममा ललितपुरको बालकुमारीस्थित जडिबुटी ट्रेडिङ हाउसको गोदाममा विक्रीका लागि राखिएको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्री बाराबाट उत्पादित चिनीमा खुद्रा मूल्य राखिएको थिएन। कमल छाप भनी राखिएको चिनीबो लेबलमा अधिकत खुद्रा मूल्य उल्लेख नभएको देखिएपछि विभागले रु एक लाख जरिवाना तिराएको हो।
त्यसपछि उक्त चिनी सप्लाई गर्ने ओम शिवशक्ति ट्रेडिङ कन्सर्न कुलेश्वरमा पनि विभागले अनुगमन गरेको थियो। त्यहाँ इष्टर्न सुगर मिलबाट उत्पादित कल्प छाप चिनी उल्लेख भएको बोरामा समेत अधिकतम खुद्रा मूल्य उल्लेख नभएको पाइएपछि उक्त फर्ममलाई पनि रु १ लाख जरिवाना तिराइएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।