काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन्।
नेपाल सेन्टर इन्टरनेसनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबिसनको काठमाडौंमा बुधबार उद्घटान गर्दै कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखेका हुन्।
कला प्रदर्शनीमा राखिएका कलाकृतिहरु साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधता अनुसार नै कलाकृतिमा पनि विविधता भएको उल्लेख गरे।
एक देशले अर्को देशलाई, एकजातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रदर्शनीको महत्व छ भन्दै अध्यक्ष तिमिल्सिनाले जनता-जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध बिस्तार गर्न पनि प्रर्दशनीले सहयोग पुग्ने बिश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।