हेटौँडा- मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये बुधबार दुई जनाको शव फेला परेको छ।
बागमती–५ सिग्रेदोभानमा मंगलबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ।
पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन्। अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी र डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पहिरोमा परी हिजो एकजनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।