काठमाडौं- कारागार कार्यालय संखुवासभामा दुई कैदीको मृत्यु भएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मृत्यु हुनेहरुमा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षिय आकाश वलामी रहेका छन्।
कार्कीका अनुसार उनीहरु मंगलबार राति जेलको रड काटेर भागेका थिए। भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेर जेलमै राखेको थियो। पछि राति २ बजेतिर अन्य कैदीहरुले उनीहरु दुई जना सिरियस बिरामी भएको भन्दै जानकारी गराएपछि अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।