काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ।
सरुवा सूचीअनुसार झापाको दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ।
निरौलाले नगरपालिकाको सरकारी निवासमै महिलासँग अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनलाई कारबाहीस्वरुप अतिरिक्त समूहमा राखिएको हो।
निरौलाको ठाउँमा तार्केश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई जिम्मेबारी दिइएको छ।
सरुवा भएका २० जना उपसचिवमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।