डडेलधुरा– डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार गरिएको छ। परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा आएको बाढीमा फसेका २ जनाको सकुशल उद्धार गरिएको हो।
मंगलबार साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिक-४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे सकुशल उद्दार गरिएको हो।
उनीहरुको उद्दारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।