काठमाडौं– सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियानका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको थियो।
प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, विभागीय प्रमुख तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले अभियान कार्यक्रम सञ्चालनका लागि तीन वटा समिति गठन गरेको छ।
मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समन्वय गर्ने निर्णय भएको छ। जसअन्तर्गत विभिन्न विषयगत मन्त्रालयसहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति गठन भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह गठन भएको छ। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सहसचिव गोकर्ण भट्टको अध्यक्षतामा प्रचार प्रसार समिति गठन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।