धनगढी- काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरको जहाज भेरहवामा आकस्मिक अवतरण गरिएको छ।
कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे छ बजे उडेको एयरलाईन्स भैरहवा मा अवतरण गरिएको हो ।
काठमाडौंबाट जहाज ६:०५ बजे उडेको जहाज धनगढीमा अवतरण गर्न नसकेपछि भैरहवा फर्काइएको हो । जहाजलाई नेपालगञ्जमा अवतरणको प्रयास गर्दा सम्भव नभएपछि भैरहवा ल्याण्ड गरिएको हो।
धनगढीमा भिजिबिलिटी भएको भारी वर्षामा एयरलाइन्सले उडान भर्न नदक्दा जहाज फर्काइएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।