काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिबद्धता नआएको भन्दै प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध गरेको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनतस्करीका सम्बन्धमा सदनमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले आज पनि बैठक अवरुद्ध गरेको हो।
गृहमन्त्रीको जवाफलगत्तै एमाले सचेतक महेशकुमार बर्तौलाले आफूहरुको मागअनुसार सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएसम्म बैठक चल्न नसक्ने बताए। एमालेको अवरोधपछि प्रतिनिधिसभाको अर्को बैठक यही साउन २४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।