काठमाडौं–सुन तस्करी प्रकरणबारे अहिले नै आयोग बनाइहाल्नु पर्ने अवस्था नरहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । मंगलबार संघीय संसदको प्रतिनिधि सभामा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
अहिले सीआईबीले अनुसन्धान गरिरहेकाले प्रश्न गर्ने ठाउँ नभएकाे उनले बताए ।
यसअघिका आयोगको काम पनि देखिएकाे र तीनको औचित्य समेत नदेखिएको उनको भनाइ छ । अहिले सीआईबीले अनुसन्धान गरीरहेकाले सीआईबीमाथि विश्वास गर्न उनले आग्रह गरे ।
भोलि यदी सीआईबीले काम गर्ने सकेन भने बल्ल प्रश्न गर्ने ठाउँ रहने अहिले नै प्रश्न नगर्न उनले आग्रह गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।