काठमाडौं–त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा रिभ्यु गरिने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। मंगलबार संघीय संसदलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणले उक्त कुरा पुष्टि समेत गरेकाले रिभ्यु गर्ने गरी काम अघि बढाइएको उनले बताए।
सुन तस्करीको सबै जालो तोड्ने गरी अहिले सीआईबीलाई निर्देशन दिइएको पनि उनको भनाइ थियो। यसका दोषीहरुलाई हरहालतमा कारबाहीको दायरामा ल्याउनेमा उनले आश्वस्त पारे। जो कोही संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनलाई प्रहरीलाई निर्देशन दिइएको जानकारी पनि उनले दिए।
मालिकसम्म सुन पुग्न नदिई बाटैमा किन समातेको भनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोधेको प्रश्नमा उनले तस्करीमा विभिन्न थ्रेट हुने भएकाले राजश्व अनुसन्धान विभागले गन्तव्यसम्म पुग्न नदिएर तत्कालै पक्राउ गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।