काठमाडौं–जिल्ला प्रहरी परिसर टेकु घेर्न भएका व्यक्तिहरुमाथि प्रहरी दमन भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा यसबारे जानकारी गराएका हुन्।
अधिवक्ता भगवति पाण्डेले एक अन्तर्वार्तामा जातीय विभेद हुनेगरी अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राख्दै केही दिनअघि परिसर टेकु घेर्न सर्वसाधारणहरु गएका थिए। सो क्रममा सर्वसाधारण र प्रहरीबीच झडप भएको थियो।
प्रहरीले सर्वसाधारणमाथि दमन गरेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ। सोही विषयमा छानबिन गर्न समिति गठन गरिएको गृहमन्त्री श्रेष्ठले बताए। छानबिनबाट दोषी देखिएकाहरुलाई कारबाहीकाे दायरामा ल्याइने उनले संसदमा जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।