काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतबाट अनुसन्धान गर्नु भनी आदेश आएको भोलिपल्टै एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई किन विदेश जान दिइएको हो भनी प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको बैठकमा उनले भ्रष्टाचारको विषयमा छानविनका लागि सर्वोच्च अदालतबाटै आदेश आउनुपर्ने अनि आएपछि किन विदेश गएको हो भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ मागे।
सुन तस्करी प्रकरणमा बोल्दै गर्दा उनले नेपालको नाम नलिई छानविन गर्नु भनेको पूर्वप्रधाननमन्त्रीलाई किन विदेश जान दिइयो भनी प्रश्न गरे।
सर्वोच्च अदालतले आइतबार ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईसहितका नेताहरूमाथि पनि अनुसन्धान गर्ने बाटो खुला गरेको थियो। न्यायाधीशद्धय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत यस्तो बाटो खुला गरेको हो।
नेकपा एसका अध्यक्ष नेपाल उक्त फैसला आएको भोलिपल्टै युरोप भ्रमणमा निस्केका थिए। उनको युरोप भ्रमण पहिले नै तय भएको दावी उनको पार्टीले गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।