काडमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन मालिकसम्म पुग्न नदिएर किन बाटोमै समातेको भन्दै प्रश्न गरेका छन्। उनले संसद्मा बोल्दै मालिकसम्म पुग्न दिएर बाटोमै समातिएको विषयमा आफूलाई शंका लागेको बताए।
सरकारलाई सूचना भए त्यसको निगरानी गरेर मालिकसमेत पक्राउ गर्न सक्ने उनको भनाइ थियो। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्माले सरकारको एउटा हातले छुटाउँदा अर्को हातले समातेको विषयमा समेत उनले प्रतिप्रश्न गरेका छन्, 'एउटा हातले छुटाएर अर्को हातले समायो भनेर खुशी मनाउन किन सकिँदैन भने फेरि सिनामंगलमा लात्ताले पुक्क हानेर मालिक छुटाइएको छ।'
आफूहरु गृहमन्त्रीको हौसलामा कमी नआओस् भनेर लागिरहेको बताउँदै उनले प्रश्न गरे, 'बाटोमा समातिएको सुन मालिसम्म पुग्न किन दिइएन? तीन दिनपछि मात्रै किन छापा मारियो? ब्रेक सुमा भएको सुन लुकाउन तीन दिनको समय किन दिइयो?'
उनले बितेका २० दिनमा पनि अनेक क्रियाकलाप भएको आशंका व्यक्त गरे। कतिलाई विदेश भगाइएको भन्दै उनले प्रश्न पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।