काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्मा नेकपा एमालेको सरकार हुँदा समातिएको ३३ किलो सुन प्रकरणबारे प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभामा उनले अहिले १०० किलो सुन त भेटिएको तर ३३ किलो सुनको एक तोला पनि नभेटिई फाइल बन्द भएको बताए।
'त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी गम्भीर छ। कसको कमजोरी भन्दा सरकारको हो। एयरपोर्टबाट छुटेको सुन सिनामंगलको चोकमा समातियो। सरकारको एक हातले कमजोरी भयो होला, अर्को हातले समात्यो,' उनले भने, 'सय किलो त भेटियो। छानबिन आयोगका विषयमा प्रतिपक्षले उठाएको विषयमा संवादमै छौँ। हामी निषर्कषमाा पुगौँला। ३३ किलो सुनको न छानबिन आयोग बन्यो। एक तोला पनि नभेटिई ३३ किलो सुनको फाइल बन्द भयो।'
अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएकोमा आपत्ति जनाउनुको कारणबारे पनि उनले प्रश्न गरे। उनले भने, 'संविधानले भन्छ जघन्य अपराध र सांगठििक अपराधको गहिराईघमा गएर गर्ने अनुसनन्धान प्रहरीको हो। कसप्रति अविश्वास हो? हामी आफैलाई अविश्वास गरिरहेका छौँ।'
राजनीतिक घटनामा राजनीतिक मान्छे र न्यायमूर्ति राखेर अनुसन्धानन गरी निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो। उनले सुन तस्करीमा प्रकरणमा नभई कानुन र संविधानले बलियो बनाएका संस्थाप्रति किन विश्वास गर्न सकिरहेका छैनौँ भनेर छानबिन गर्नुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।