काठमाडौं- प्रतिनिधि सभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आकस्मिक समयमा प्रत्येक दलबाट एक जनाले बोल्न दिने सहमति जुटेको छ।
त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको विषयमा जवाफ दिनेछन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभामुख र प्रमुख तीन दलका नेताहरूको बैठकले सांसदहरूलाई बोल्न दिने र गृहमन्त्रीले जवाफ दिने बारे सहमति जुटाएको छ। यद्यपि, छानबिन समिति गठनको मागबाट एमाले पछि हटेको छैन।
गृहमन्त्रीको जवाफमा छानबिन समितिको विषय नआए आफूहरूले विरोध गर्ने एमालेका सचेतक महेश बर्तौलाले बताएका छन्।
प्रतिनिधि सभाको बैठक साउन १० देखि अवरुद्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।