काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय सरकरले गरेका केही कमीकमजोरीलाई लिएर संघीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने सिलसिलखमा भएका कमजोरीले संघीयता कमजोर नहुने बताए। व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको उनको भनाइ थियो। केही व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागिपरेको उनले बताए।
पछिल्लो समय राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरूले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए।
स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतका अनुभव र कमजोरी अहिलेको लागि मार्गदर्शक हुने हुँदा नकारात्मक टिप्पणी गर्न जरुरी नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।