फाइल तस्बिर
धनगढी– लगातारको वर्षाका कारण बस्ती डुवानमा परेपछि कैलालीमा ४६३ परिवार प्रभावित भएका छन्। बस्ती तथा घरमा बाढी पसेपछि प्रभावितहरुलाई अन्यत्र, सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, जोशीपुर, गोदावरी नगरपालिका, कैलारी तथा चुरे गाउँपालिकाका विभिन्न क्षेत्र डुवानमा परेका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का १४ घरपरिवार, भजनी नगरपालिकाका ७७ घरपरिवार, जोशीपुर गाउँपालिकाका ५६ र कैलारी गाउँपालिकाका १५० घरधुरी प्रभावित भएका छन्। यस्तै, भने गोदावरी नगरपालिकाका एक पसलमा क्षति पुगेको छ।
गोदावरी नगरपालिका–४ बुढीतोला र चुरे गाउँपालिका–गोपालेमा गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्ग सुदूरपश्चिम प्रदेशका ७ पहाडी र तराईका २ जिल्ला जोड्ने प्रमुख सडक हो।
पहिरोका कारण भीमदत्त राजमार्ग विभिन्न ठाउँमा भास्सिएको छ। सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।