फाइल तस्बिर
काठमाडौं– विभिन्न ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलासहितका ठाउँमा पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।
मंगलबार बिहान कालीखोलामा लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।
डिभिजन सडक कार्यालयले केही ठाउँमा पहिरो पन्छाउन सुरु गरेको छ। कालीखोलासहित सबै ठाउँमा पहिरो पन्छाउन २ देखि ३ घण्टाको समय लाग्ने बताइएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्। यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।