काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।
काठमाडौं जिल्लाको बुढानीलकण्ठ, सुन्दरीजल तथा भक्तपुर जिल्लाको नगरकोटसहित आसपासका क्षेत्रमा भारी बर्षा भएको विभागले जनाएको छ।
जसका कारण बागमती नदीसहित उपत्यकामा बग्ने अन्य नदी र खोलाहरुमा जलसतह बढ्दै गएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार विष्णुमती, धोविखोला र मनोहरा लगायत खोलामा जलसतह बढ्दो छ। केही ठाउँमा जलसतह बढेर सतर्कताको तहमा पुगेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।