काठमाडौं- नेपालमा यस वर्ष सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए। सोमबार काठमाण्डौमा भएको कार्यक्रममा डा.मरसिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए ।
उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको जानकारी दिए । सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने भन्दै उनले सचेत गराए। यस वर्ष हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पनि उनले बताए।
गत वर्ष करिब ५४ हजार ७८४ जनालाई डेंगु देखिएकोमा ८८ जनाको मृत्यु भएको थियो। डेंगुको पहिलो संक्रमण नेपालमा २०६१सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ । सन् २०१९ र सन् २०२२ मा यसले महामारीको रुप लिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।