काठमाडौं- सञ्चार तथा सूचनामन्त्री रेखा शाहले सामाजिक सञ्जाल नियमनका लागि नियमावली बनाउन लागेको बताएकी छन्। सोमबार भक्तपुरमा एक कार्यक्रममा उनले सामाजिक सञ्जालका कारणकतिपय मान्छेहरु सुसाइड गर्ने अवस्थामा पुगेको भन्दै यसको नियमनका लागि नियमावली बनाएर भए पनि जाने बताइन्।
उनले सामाजिक सञ्जालका कारण अहिले डरलाग्दो स्थिति सिर्जना भएको बताउँदै नियमावलीका लागि मन्त्रालयमा छलफल भइरहेको पनि जानकारी दिइन्।
'जलहरीबारे संसद्मा प्रश्न उठ्यो। केपी ओलीलाई टाउकोदेखि पैतालादेसम्म पूरै सुन लगाइदिन पर्ने हो? त्यो त गर्नुपर्ने विषय त थिएन नि। प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैँसी चढाइदिनपर्ने हो? त्यस्तो गर्नु पर्ने होइन। त्यति मात्रै होइन कतिपय मान्छेहरु सुसाइड गर्ने अवस्थामा पुगेका छन्,' उनले भनिन्, 'भर्खरका किशोर किशोरीहरु कसले कहाँ फोटो खिच्यो थाहा हुँदैन। अहिले डरलाग्दो स्थिति बनेको छ। हामी यहाँ लेभलका आछौँ, त्यत्ति फोटो खिच्न पनि आउँदा रहेछन् कति। फोटो खिच्यो गयो। त्यो मान्छे कहाँ के गर्ने हो पनि थाहा छैन। अनि के गरिरहेको छ पनि थाहा छैन। भोलि त्यसले कतै गर्दियो भने योसँग फोटो थियो भनेर सार्वजनिक गर्दिन हो भने त्यो भोगेर जाने स्थिति भाछ।'
अहिले सामाजिक सञ्जाललाई व्यवस्थापन गर्ने भनेर कानुन नभएको अवस्थामा एउटा नियमावली बनाएर भए पनि जाने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।