काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबालीबीच शिष्टाचार भेट भएको छ।
सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा राजदूत एल्गेबालीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। उक्त भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
भेटमा राष्ट्रपति पौडेलले गत वर्ष सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन इजिप्टमा सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।