फाइल तस्वीर काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि ४ जनालाई राजदूत नियुक्त गरेका छन्।
सोमबार लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लागि राजदूत नियुक्त गरे। यसैगरी मौरिसस र जाम्बियाका लागि दान बहादुर तामाङ, कोरियाका लागि विष्णु पुकार श्रेष्ठ र पाराग्वेका लागि निर्मल राज काफ्लेलाई राजदूत पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार उनीहरूलाई राजदूत नियुक्त गरिएको जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।