काठमाडौं- सदनको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले डाकेको शीर्ष तीन नेताको बैठक सुरु भएको छ।
सभामुख देवराज घिमिरेको निमन्त्रणामा सोमबार दिउँसो तीन दलका शीर्ष नेताहहरू प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा बसेका थिए।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त छलफलमा सदनको सहमति नजुटेपछि बैठक साढे ३ बजे बोलाइएको थियो। केही ढिलो गरी उक्त बैठक सुरु भएको हो।
एमालेले हङकङबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। सोमबार पनि दिउँसो १ बजे निर्धारित संसद् सहमति नभएपछि चल्न सकेन।
तर सहमति नजुटेपछि बैठक दिउँसो साढे ३ बजे बोलाइ ४ बजेसम्मका लागि संसद् स्थगित गरिएको थियो। पुन: बोलाइएको बैठक जारी छ। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।