काठमाडौं– लायन्स क्लब एमडी ३२५ जिल्ला एफ अन्तर्गत उदयपुरको कटारीमा ‘लायन्स क्लब अफ उदयपुर’ गठन भएको छ। कटारीमा रहेर विभन्न क्षेत्रमा आबद्ध युवाहरुको नेतृत्वमा लायन्स क्लब अफ उदयपुरले प्रयास कार्कीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो।
क्लबको प्रथम उपाध्यक्षमा पुष्कर खड्का र दोस्रो उपाध्यक्षमा जिवनाथ दाहाल रहेका छन्। त्यस्तै सचिवमा धिरज खड्का र कोषाध्यक्षमा विश्वनाथ दास चयन भएका छन् भने क्लबको निर्देशकमा चुलबहादुर आले मगर चुनिएका छन्।
क्लबको सदस्यहरुमा अम्बरबहादुर रायमाझी, राजेशचन्द्र श्रेष्ठ, गिता खड्का, तुलसीराम चौलागाई, भानु गिरी, सुनिलदत्त साह, रामकुमार खत्री, रविन्द्रबहादुर खड्का, अभिमन्यु लामिछाने, रुक्जा राई, शुसिला राउत, शान्तिशोभा श्रेष्ठ, भूपेन्द्रसिंह तामाङ, हिरालाल अधिकारी दनुवार र रामेश्वर बराल चुनिएका छन्।
हाल २१ जना संस्थापक सदस्य रहेको यस क्लबले लायन्स क्लबका मुख्य उद्देश्य प्राप्तिसँगै शिक्षा, स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नव नियुक्त क्लब अध्यक्ष कार्कीले बताए। कार्कीले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने र क्लबलाई कार्य सम्पादनको आधारमा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन्।
लायन्स क्लब एमडी ३२५ जिल्ला एफका गभर्नर शिव कटुवालले क्लबका पदाधिकारी र संस्थापक सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराए। कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार खत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।