काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका विषयमा महान्यायाधिवक्ता दिनमणि पोखरेल र नेपाल प्रहरीका आईजी बसन्तबहादुर कुँवरबीच छलफल सुरु भएको छ।
सर्वोच्च अदालतको आइतबारको आदेशपछि उनीहरुबीच अहिले छलफल सुरु भएको हो। आइतबार कुमार चुडाल र अनिलकुमार सिन्हाको इजलासले मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि दुई पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि अनुसन्धान गर्ने बाटो खुलेको थियो।
सर्वोच्चको उक्त आदेशपछि कोकोमाथि अनुसन्धान अघि बढ्छ, अबको अनुसन्धान कसरी अघि बढाउने भन्ने लगायतका विषयमा छलफल गर्न आईजी कुवँर महान्यायाधिवक्तालाई भेट्न पुगेका हुन्।
उनीहरु दुई जनाबीच अहिले महान्यायाधिवक्ता कार्यालयमा ‘वान टु वान’ छलफल चलिरहेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
‘करिब १५ मिनेट भयो उहाँहरु अहिले पनि छलफलमै हुनुहुन्छ। सर्वोच्चको हिजोको आदेशपछिको उत्पन्न विषयका बारेमा छलफल भएको भन्ने हामीले बुझेका छौं,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले नेपाल लाइभसँग भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।