काठमाडौं- गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ।
जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकोले उनको ठाउँमा उपसचिव शरदकुमार पोखरेलले जिम्मेवारी पाएका छन्।
सुनार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए। बाँकेमा सहायक प्रजिअ तथा डोल्पा र बझङमा प्रजिअ भइसकेको अनुभव उनलाई छ।
त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ भने उनइ राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भइसकेका छन्। उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।