काठमाडौं- सोमबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले अवरुद्ध संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्षीदलसँग संवाद गर्ने निर्णय गरेको छ। बैठकपछि दलका सचेतक हितराज पाण्डेले उक्त जानकारी दिएका हुन्।
‘संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दलका नेता र सत्तापक्षका नेताहरुसँग छलफल गरेर ठोस निर्णय निकालिन्छ,’ पाण्डेले बताए।
एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।