बागलुङ– बागलुङमा २ महिनाका नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।
प्रहरीका अनुसार यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस, तानातान भएको थियो। जस क्रममा आफ्नै घरभित्र भुइँमा खसेर बजारिएपछि बालकको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले घटनाको विषयमा ३ दिनपछि मात्रै जानकारी पाएको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले हत्या आरोपमा विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।