लेखनाथ न्यौपाने (फाइल तस्बिर) काठमाडौं– आइतबार मात्र सकिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले भाद्र १६ बाट पार्टी रुपान्तरण अभियान चलाउने घोषणा गरेको थियो।
तर बैठक सकिएकै दिन सोही पार्टीको नेतृत्वमा रहेको सरकारले विवदास्पद छविका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टी भित्रैबाट विरोध भएको छ।
पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सोमबारले माओवादीको रूपान्तरण अभियान लुम्बिनीबाट सुरू भएको भन्दै व्यंग्य गरेका छन्।
‘रुपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो, तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ!,’ सामाजिक सञ्जालमार्फत् न्यौपानेले व्यंग्य गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।