• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवादास्पद व्यक्तिलाई लुम्बिनी विकास कोषको जिम्मा, विदेश पठाइदिन्छु भनी ठगीदेखि दोहोरो नागरिकतासम्मका मुद्दा

64x64
नेपाल लाइभ आइतबार, साउन २१, २०८०  २१:१३
1140x725

काठमाडौं- सरकारले विवादास्पद पृष्ठभूमिका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ। नागरिकता, वैदेशिक रोजगारीमा ठगी, हात हतियार खरखजना र अन्य विवादमा मुछिएका माओवादी केन्द्रका केन्द्रीय सदस्य लामालाई उक्त जिम्मेवारी दिने निर्णय सरकारले गरेको हो। 

पाँच वर्षका लागि नियुक्त गरिएका लामा पूर्व सांसद एवं पूर्व अर्थराज्यमन्त्री समेत हुन्। सिन्धुपाल्चोकको हेलम्बु जन्म ठेगाना भएका ल्यारक्यालले आफू सोही क्षेत्रको भएको दाबी पार्टीमा र नागरिकतामा गर्दै आएका छन्। तर उनीसँग तिब्बत र नेपालको दोहोरा नागरिकता भएको पाइएपछि अर्थ राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। सुरुमा नेपाली कांग्रेसबाट नियुक्ति खांदै उनी नेकपा एमाले बनेर १० वर्षअघि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

२०५८ सालमा नेपाली कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका लामा उक्त पदावधि सकिएलगत्तै एमाले छिरे। 

२०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भए। नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिनु परेको थियो। २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बने। 

लकरमा हतियार भेटिएपछि पाँच दिनसम्म हिरासतमा 
२०७२ फागुन ३० गते उनी लकरमा हतियार राखेको आरोपमा पक्राउ परे। एकीकृत नेकपा माओवादीका सांसद् रहेका  ल्हारक्याल जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले पाँच दिनसम्म थुनामा बसे। 

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकरमा जाँच गर्दा बन्दुकको १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए।  उक्त प्रकरण पनि विस्तारै राजनीतिक पहुँचको आधारमा सेलायो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजना ऐन, २०१९ अनुसार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए। तर अनुसन्धान नभई उनी छुटे।

विदेश पठाइदिन्छु भनी ठगी, पक्राउपछि ३० लाख धरौटी बुझाएर रिहा 
२०७२ सालमै वैदेशिक रोजगारीमा ठगीको आरोपमा उनी पुनः पक्राउ परे। पक्राउ परेलगत्तै ३० लाख धरौटी बुझाएर रिहा भए। उक्त प्रकरणमा उनी २०७२ चैत १० गते धरौटीमा रिहा भएका थिए। लामालाई विभागका अधिकारीले बयान लिए, अनि दुई दिनमै माथिल्लो आदेश भनेर हाजिर हुनेगरी धरौटीमा छाडियो। 

Ncell 2
Ncell 2

वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारसम्बन्धी कसुर गरेको  ठहर भएमा डेढ गुणासम्म क्षतिपूर्ति र सात वर्षसम्म कैद हुने व्यवस्था छ। तर उनीमाथि मुद्दा नै चलाइएन। 

उच्चस्तरीय छानबिन आयोग बन्यो, तर कारवाही भएन
राज्यमन्त्रीबाट राजीनामा दिएपछि उनीमाथि छानबिन गर्न न्यायिक आयोग नै गठन भएको थियो।  पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको नेतृत्वमा उक्त समितिले प्रतिवेदन पनि दिएको थियो। उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयबाटै गायब पारियो। र हालसम्म सार्वजनिक गरिएकाे छैन। 

त्यतिखेर उनले नेपालबाट दुईवटा नागरकिता, भारतबाट रासनकार्ड र राहदानी तथा तिब्बती शरणार्थीको परिचयपत्र लिएको आशंकामा छानबिन सुरु भएको थियो।  

बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोङ्गी ग्यारी र हलिउड अभिनेता रचिर्ड गेरसँग पनि लामाको बाक्लो सम्पर्क रहेको उक्त प्रतिवेदनमा भनिएको थियो।

ल्यारक्याल भन्छन् : म कहिल्यै विवादास्पद भइनँ, फसाउने प्रयास भए
आफू सदस्य सचिव भएको कुरा लामाले पुष्टि गरेका छन्। उनले आइतबार आफूले पत्र बुझेको र अब लुम्बिनीलाई बुद्धको पवित्र स्थल बनाउने कार्यमा लाग्ने बताए।  'तपाईं त विवास्पद पात्र भनी आलोचना भइरहेको छ नि ?' भन्ने प्रश्नमा उनले आफू कहिल्यै विवादमा नमुछिएको बताए। आफूलाई बदनाम गराउनेहरुले त्यसो भनेको भन्दै उनी पन्छिए। आफू कहिल्यै विवादास्पद नभएको र फसाउने प्रयास धेरै पटक भएको उनले दावी गरे।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेका हुन् । शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय सभाको १९ औं अधिवेशन अन्त्य राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचार... शुक्रबार, फागुन १, २०८२
कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेस सभापति गगन थापाले केन्द्रीय कार्यालय, सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएका छन्। आगामी चुनावका लागि प्रतिज्ञापत्र तया... शुक्रबार, फागुन १, २०८२
ताजा समाचारसबै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता शनिबार, फागुन २, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्