काठमाडौं– चारवटा संवैधानिक निकायका लागि रिक्त रहेका विभिन्न पदहरुका लागि आवेदन माग गरिएको छ। संवैधानिक परिषद्को सचिवालयले एक सूचना जारी गर्दै चारवटा निकायका रिक्त विभिन्न पदका लागि आवेदन माग गरेको हो।
जसअनुसार महालेखा परीक्षकको लागि महालेखा परीक्षक, निर्वाचन आयोगका लागि एक जना निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका लागि सदस्य एक जना र मुस्लिम आयोगका लागि एक जना सदस्य माग गरिएको छ।
परिषद्ले रिक्त पदहरुमा नियुक्त हुन योग्यता पुगेका व्यक्तिहहरुको अभिलेख तयार गर्ने प्रयोजनका लागि सूचना प्रकाशित गरेको हो।
संविधान अनुसार संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकले आफ्नो विवरण सूचना प्रकाशित भएको मितिले १५ दिनिभत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेबसाइटको सूचना तथा समाचार खण्डभित्र उपलब्ध फाराम भरी विद्युतीय प्रतिसहित बुझाउन संवैधानिक परिषद्को सचिवालयको इमेल ठेगानामा पठाउन अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।