काठमाडौं– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा हजारा एक्सप्रेसको रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार उक्त रेलका केही डिब्बा रेलको लिकबाट खसेका थिए। रिपोर्ट अनुसार उक्त दुर्घटनामा ५० जनाभन्दा बढी यात्री घाइते भएका छन्।
कराचीबाट एबटाबादतर्फ गइरहेको उक्त रेल सिन्धको संघार जिल्लाको सरहरि क्षेत्रमा दुर्घटनामा परेको हो। रेलका आठवटा डिब्बा लिकबाट खसेको र दुर्घटनापछि कैयौं शव निकालिएको थियो। अहिलेसम्म पनि केही यात्री फसेको बताइएको छ।
पाकिस्ताननका रेलमन्त्री ख्वाजा साद रफिकले दुर्घटनाको पुष्टि गर्दै घटनाबारे छानबिन चलिरहेको बताएका छन्। रेलको गति भने धेरै नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।