प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दाबी गरेका छन्। एमालेको गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा आइतबार उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए।
आर्थिक–सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको उनको भनाइ थियो। अहिले मुलुकमा व्यापार घाटा चुलिँदै गएको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यक्ता रहेको बताए।
काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य रहेको बताउँदै उनले विदेश पलायनलाई रोक्नेगरी आफूहरूले काम गरिरहेको भनाइ राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।