काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि जारी रहने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल, कमलादीमा आइतबार पनि नेताहरुले आफ्नो धारणा राख्नेछन्।
आइतबारको बैठकले पार्टीको योजना नाउनुका साथै कार्यविभाजनको प्रक्रिया अगाडि बढाउने पनि नेताहरुले जनाएका छन्।
बुधबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राखिरहेका छन्। हालसम्म करिब २०० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।